निर्मलाका बुवालाई टिचिङ ल्याइयो, आकस्मिक कक्षमा उपचार सुरु

0
Shares

काठमाडौं, ९ मंसिर । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका बुबा यज्ञराजलाई त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।

उनको मानसिक अवस्था बिग्रिँदै गएपछि उपचारका लागि अस्पतालमा ल्याइएको हो। साँझ ६:२० मा अस्पताल ल्याइएका यज्ञराजलाई अस्पतालको आकस्मिक कक्षमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको छ। उनको उपचारमा डा तीर्थमान श्रेष्ठ नेतृत्वको मेडिकल टिम खटिएको छ। फाईल फोटो