सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ,नचले संविधान पनि सँगै जान्छः थापा

0
Shares

काठमाडौँ,१० मङ्सिर । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले काङ्ग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताएका छन। नेपाल महिला सङ्घ चितवन शाखाले आयोजना गरेको नेपाल प्रेस युनियन चितवन शाखाका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले काङ्ग्रेस बलियो बनाउन सबै जुट्नुपर्ने जनाएका हुन ।

चुनावमा हार्दैमा निराश हुनु नपर्ने भन्दै उनले सङ्गठन विस्तारमा लाग्नुपर्नेमा जोडगरे। काङ्ग्रेस कमजोर हुँदा लोकतन्त्र कमजोर हुने उनको भनाइ रहेको थियो । उनले काङ्ग्रेसले प्रतिपक्षमा रहेर संविधान कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई अगाडि बढाउने कुरामा ध्यान दिनुपर्ने जानकारी गराए । उनले भने, “सङ्घीयता चलाउन सुझबुझ चाहिन्छ, सङ्घीयता नचले संविधान पनि सँगै जान्छ ।”

कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, महिला सङ्घ चितवनका अध्यक्ष पार्वती शाह लगायतले बोलेका थिए। सो अवसरमा नेपाल प्रेस युनियनको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी, सदस्य एवं पार्षद्हरुलाई सम्मान गरिएको थियो । रासस

Skip This

Omoda E5 Pro