मंसिर १०, काठमाण्डौ । राष्ट्रिय जनता पार्टी नेपालमा संयोजक परिवर्तन पछिको विवाद चर्कीएको छ । यसअघिका संयोजक महन्थ ठाकुरलाई आगामी बैशाखमा हुने महाधिवेशन सम्म नेतृत्व दिने भनिएपनि केही साता अघि राजपा अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोलाई बहुमतको आधारमा संयोजक बनाइएको भन्दै नेताहरुविच एकअर्कामा विभाजित हुन थालेका छन ।
राष्ट्रिय जनता पार्टी(राजपा) नेपालको सोमबार बस्ने तय भएको अध्यक्षमण्डलको बैठक स्थगित भएपछि विवाद छताछुल्ल हँुदै गएको छ । तर अध्यक्ष मण्डलका सदस्यहरु राजधानी बाहिर रहेको कारण देखाउँदै बैठक स्थगित गरेको बताइएपनि भित्री कुरा भने अलग छ । राजपा अध्यक्षमण्डलमा नयाँ संयोजक नियुक्त भएसँगै विवाद बढ्दै गएको छ । महन्थ ठाकुरलाई संयोजकबाट हटाएर अध्यक्षमण्डलमा राजेन्द्र महतो आएसँगै केही नेता, पदाधिकारी असन्तुष्ट बनेका हुन । राजपाका महासचिव जितेन्द्र यादवले महतोलाई संयोजनक बनाएपछि तीब्र असन्तुष्टी व्यक्त गरे ।
यतीमात्र होइन उनीहरुले संयोजक महतोलाई स्वीकार गर्न नसकिने बताउँदै आएका छन् । राजेन्द्र महतो संयोजक भएपछि अध्यक्ष मण्डलकै एक सदस्य अनिल झाले असन्ुष्टि मात्र जनाएनन उनले नोट अफ डिसेन्डनै लेखेका थिए ।
उनी राजधानी बाहिर भएकाले पनि बैठक रोकिएको बताइएको छ । अध्यक्ष मण्डलका अर्का सदस्य राजकिशोर यादव पनि उपत्याका बाहिर छन् । विशेष त तत्कालिन तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) र नेपाल सद्भावना पार्टी(नेसपा) का केही नेताहरु असन्तुष्ट बनेका छन् । राजपाका भातृसंगठनका नेताहरुले त नेतृत्वले पार्टीलाई टुटफुटको राजनितिमा लागे मधेसका जनताले नछोड्ने चेतावनी दिएका छन् ।
तर पार्टीका तेस्रो तहका नेताहरु भने यसमा कुनै सत्यता नभएको भन्दै नेताहरुलाई बदनाम गर्र्ने उदेश्यले केही नेताहरु लागी परेको बताउछन् राजपा महासचिव केशव झा ।
निवर्तमान संयोजक महन्थ ठाकुरले असन्तुष्टि नपोखेता पनि भित्रि रुपमा असन्तुष्ट रहेको ठाकुर सम्बद्ध नेताहरुले बताएका छन् । विगतमा पनि पटक–पटक टुटफुटको राजनितिबाट एक जुट भएका मधेसवादी दलहरुविच फेरी नेतृत्वको विषयलाई लिएको देखिएको यो विवादले कतै फुटको संघारतिर लौजान्छ की भन्ने आंशका जन्माएको छ ।




प्रतिक्रिया