मंसिर ११, काठमाण्डौ । जनताकै लागि गरिएको प्रचार जनताले ने नरुचाएपछि त्यसको के अर्थ ? प्रचार धेरै काम थोरै भइरहेको नेपालमा केपी ओली प्रधानमन्त्री बनेपछि त्यसको उल्टो होला भन्ने जनअपेक्षा थियो ।
भाषण गरेर जनतालाई भ्रम छरेको आरोप लाग्दै आएका ओलीले अर्को गम्भीर त्रुटी गरेका छन् । नयाँ युगको सुरुवात भन्दै सरकारले सर्वत्र प्रचार गरेको छ । तर यो कुरालाई सामाजिक संजाल प्रयोगकर्ताले रुचाएनन् ।
सरोज खनालले यस्तो लेखे–खै त तिम्रो नयाँ युग ?
हिजो सम्म यो भएन त्यो भएन भन्ने पत्रपत्रिका आज एकाएक नयाँ युगको सुरुवात ।
वहा मेरो देश।
छविलाल बगालेले लेखेका छन्, २०६५ देखि हालसम्म नेपालमा कतिपटक ‘नयाँ युगको सुरुवात’ भयो होला ? जान्ने मन भयो ।

धनराज वास्तविकले राष्ट्रपतिलाई १८ करोडको गाडी किन्न लागिएको विषयसँग जोडेर यसरी प्रहार गरे–रास्ट्रपति र प्रधानमन्त्री बिलासि त हुन नै । यिनलाई सल्लाह दिने सल्लाहकार हुनकि हल्लाकार ? यसरि हल्ला गरेपछि समृद्धि आउँछ ? कति महङ्गो यार लोकतान्त्र ?

नयाँ युगको प्रचार पत्रिकामा मात्रै होइन, सडक छेउका विजुलीको खम्बामा पनि गरिएको छ । त्यसैले माइसन्सार डटकमले विजुलीको खम्बामा आयो नयाँ युग भन्दै व्यङ्ग्य गरेको छ ।

रुटिङ अफ नेपाल बन्द नामको फेसबुक पेजले करोडौँ रुपैयाँको विज्ञापन गरेको भन्दै खिल्ली उँडाएको छ ।

त्यस्तै मुराहरी पराजुलीले प्रधानमन्त्रीलाई सल्लाह दिदै लेखेका छन्, बिजुली को पोलमा झुन्डिने होइन मान्छेको दिलमा बस्ने काम गरौं ।

यि केही उदाहरण मात्रै हुन्, विजुलीको खम्बा र पत्रिकामा गरिएको विज्ञापनलाई अधिकांशले मन पराएका छैनन् । यस्ता काम गर्दा प्रधानमन्त्रीका सल्लाहाकारहरुले जनभावना बुझ्नु जरुरी देखिन्छ ।
के हो प्रधानमन्त्रीको कार्यक्रम ?
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार देशभर एकैपटक कार्यक्रम लागू भएको घोषणा गर्नेछन् । श्रमिकले लामो समय योगदान गरी रित्तो हात घर फर्कनुपर्ने अवस्थाको अन्त्य गर्दै सरकारले निश्चित अवधि सेवा गरेपछि निवृत्तीभरण (पेन्सन) प्राप्त गर्न सक्ने गरी कार्यक्रमको निर्माण गरेको छ ।
कार्यक्रम लागू भएपछि देशमा सामाजिक सुरक्षाका क्षेत्रमा नयाँ युगको शुरुवात हुनुका साथै दिगो व्यावसायिक वातावरण, असल श्रम सम्बन्धको निर्माण र आम श्रमिकको मर्या्दित जीवनका लागि सर्वा्धिक महत्व राख्ने मन्त्रालयका प्रवक्ता डा. नारायण रेग्मीले बताए ।
सहभागिता, योगदान र सामाजिक सुरक्षाको मर्म बमोजिम औषधि उपचार, स्वास्थ्य एवं मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा र आश्रित परिवारको सुरक्षा र वृद्धावस्थाको सुरक्षा कार्यक्रममा समेटिएका छन् । उनले श्रमिक र रोजगारदाताले गरेको योगदानले श्रमिकको सुरक्षित भविष्य सुनिश्चित गरी सबै श्रमिकलाई लाभ पुग्ने विश्वास व्यक्त गरे ।
नेपालको संविधानको धारा ३४ को उपधारा २ मा उचित पारिश्रमिक सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने व्यवस्था गरेको छ । सोहीअनुरुप नेपालमा पहिलोपटक श्रमिक र तिनका आश्रित परिवारले विभिन्न सामाजिक सुरक्षा प्राप्त गर्नेछन् ।




प्रतिक्रिया