काठमाडौं, ११ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र यतिवेला सभापति शेरबहादुर देउवालाई घेराबन्दीमा पार्न कोइराला समूहले नयाँ मोर्चाबन्दी सुरु गरेको छ ।
नेतृ सुजाता कोइरालाको पहलमा अहिले नयाँ मोर्चाबन्दी सुरु भएको छ । नेतृ सुजाताले आफ्नो निवासमा गराएकी कोइरालाले मंगलबार अर्को छलफल गराइन् । लञ्च मिटिङमा बहुसंख्यक युवा नेता थिए । अघिल्लो बैठकमा अनुपस्थित कृष्ण सिटौला पनि मंगलबारको छलफलमा सहभागी थिए ।

नेताहरु अर्जुननरसिंह केसी, डा. रामशरण महतका साथै युवा नेताहरु बलबहादुर केसी, धनराज गुरुङ, गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, जीवन परियारलगायतका नेताहरु सहभागी भएका छन् ।




प्रतिक्रिया