काठमाडौं, ११ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार जुम्रा मारेर बस्नको लागि नबनेको स्पष्ट पारेका छन् । उनले सरकार काम गर्न व्यस्त रहेको बताएका छन् ।
सामाजिक सुरक्षा योजना घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘कसैले सरकार कहाँ छ ? कसैले जुम्रा पनि मारेन, सिन्को भाँचेन भन्ने गरेका छन, सरकार जुम्रा मार्न बनेको होइन । देश विकास गर्न बनेको हो । मजदुरलाई सोध्नुस्, श्रमजीविलाई सोध्नुस्, दुख पाएका गरिबलाई सोध्नुस् सरकार कहाँ छ ?”

तस्विर : मुकुन्द कालिकोटे




प्रतिक्रिया