विद्यालयलाई सेवा समाज जापानद्धारा शैक्षिक सामग्री हस्तान्तरण

0
Shares

कौरव खत्रीः गुल्मी १२ मंसिर । गुल्मीको एक विद्यालयलाई अर्लाङ्गकोट सेवा समाज जापानद्धारा शैक्षिक सामाग्री र नगद आर्थिक सहयोग गरिएको छ ।

सोमवार मुसिकोट नगरपालिका ९ उर्लेनिमा रहेको देउराली आधारभूत विद्यालयको लागि अर्लाङ्गकोट सेवा समाज जापानद्धारा सहयोग गरिएको शैक्षिक सामग्री र केही नगद सहित विद्यालयमा पुगेर सेवा समाज जापान अर्लाङ्गकोटका अध्यक्ष देवराज खरेल, मुसिकोट नगरपालिका ९ का वडा अध्यक्ष नरेशराज खरेल लगायतको टोलीद्धारा विद्यालयलाई ५० हजार बरावरको कारपेट,म्याट,कपी पेन र खेलौना र बाल कक्षा व्यवस्थापन लगायतका शैक्षिक सामग्रीहरु र केहि नगद सहित विद्यालयलाई हस्तान्तरण गरिएको अर्लाङ्गकोट सेवा समाज जापान अर्लाङ्गकोटका अध्यक्ष देवराज खरेलले जानकारी दिए ।

अर्लाङ्गकोट सेवा समाज जापान नामक संस्था केहि बर्ष अगाडी जापानमा स्थापना गरि आफ्नो स्थानीय क्षेत्र अर्लाङ्गकोटमा अर्लाङ्गकोट सेवा समाज अर्लाङ्गकोट संस्था मार्फत अर्लाङ्गकोट सेवा समाज जापानले अर्लाङ्गकोटका केही विद्यायलहरुका लागि प्रोजेक्टर, एम्बुलेन्स सेवा सञ्चालन,विरामीहरुको उपचारका लागि आर्थिक सहयोग लगायत गदै आएको समाजसेवी कालिदास खरेलले बताए ।