काठमाडौं, १३ मंसिर । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्व मन्त्री एकनाथ ढकाललाई पत्रकार ऋषि धमलाले टेलिभिजन कार्यक्रममा जिसस क्राईष्टको कुरा उठाउँदा कार्यक्रम सेटबाटै उठेर हिँड्न खोजेका छन् । एशिया प्यासिफिक समिट २०१८ को बारेमा विवाद भैरहेको छ र तपाईहरुले धर्म प्रचारको लागि यो समिटको आयोजना गर्दै हुनुहुन्छ भनेर धमलाले प्रश्न सोधेपछि अध्यक्ष ढकाल आक्रोशित बनेका हुन् ।
बुधबार राति प्राईट टाईम्स टेलिभिजनको “जनता जान्न चाहन्छन” कार्यक्रममा अध्यक्ष ढकालले अब हुने समिटका कारण काठमाडौंबारे अहिले विश्वको ध्यान आकर्षित भएको पनि सुनाए ।
उनले एशिया प्यासिफिक समिट नेपालले यसअघि सम्पन्न गरिसकेका सार्क र विम्स्टेक शिखर सम्मेलनभन्दापनि ठूलो हुने दाबी गरे । उनले भने,”यो समिटलाई सफल बनाउन हामी सबै लागौं ।”
उनले आफू जनई लाउने हिन्दु भएको दाबी गर्दै आफ्नोबारेमा कुरा गर्दा ख्याल गरेर बोल्न चेतावनीसमेत दिए ।




प्रतिक्रिया