च्याम्पियन्स लिग फुटबल : पीएसजीले लिभरपुलाई हरायो

0
Shares

काठमाडौं, १३ मंसिर ।  फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युइएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलाई हराएको छ।

पिएसजीले घरेलु मैदान पार्क दि प्रिन्सेसमा बुधबार राति लिभरपुललाई २-१ ले हराउँदै नकआउट चरण नजिक पुगेको छ। पीएसजीको जितमा नेयमार र जुआन बर्नाटले गोल गरे। लिभरपुलका जेम्स मिल्नरले एक गोल फर्काएका थिए।

पीएसजीले खेलको १३औं मिनेटमा जुआनको गोलबाट सुरूवाती अग्रता लिएको थियो। एमबाप्पेको पासमा बर्नाटले गोल गरेका थिए।

खेलको ३७औं मिनेटमा नेइमारले गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे। नेयमारले एमबाप्पे र एडिन्सन काभनीसँग वान टु वान पासमा गोल गर्न सफल भएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका जेम्स मिल्नरले पेनाल्टीबाट गोल गर्दै खेललाई २-१ मा ल्यायो। डि मारियाले साडियो मानेलाई पेनाल्टी एरियामा फल गरेको भन्दै रेफ्रीले लिभरपुललाई पेनाल्टी दिएका थिए।

पहिलो हाफ २–१ मा सकिएको खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्न असफल रहे। अन्ततः पिएसजी २-१ ले विजयी भयो। यो जितसँगै पीएसजीले समूह ‘सी’ बाट नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ।

पीएसजीले ५ खेलबाट २ जित २ बराबर र १ हार बेहोर्दै ८ अंक जोडेको छ। समूह चरणको अन्तिम खेलमा पीएसजीले रेड स्टार बेलग्रेडसँग खेल्दैछ। यो खेलमा जित हात पारे पीएसजीले नकआउट चरणको यात्रा तय गर्नेछ।

आजै भएको अर्को खेलमा नेपोलीले बेलग्रेडलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ। नेपोलीको ५ खेलबाट २ जित, ३ बराबरीसहित ९ अंक भएको छ। लिभरपुलको ५ खेलबाट २ जितसहित ६ अंक भएको छ।

यो जितसँगै नेपोलीले च्याम्पियन्स लिग फुटबलको नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ। नेपोलीले अब समूह चरणको अन्तिम खेलमा इंग्लिस क्लब लिभरपुलसँग खेल्नेछ । यो खेलमा जित हात पारे नेपोली नकआउट चरणमा प्रवेश गर्नेछ । पराजित भएको अवस्थामा लिभरपुल अघिल्लो चरणमा प्रवेश गर्नेछ ।

यही समूहको अर्काे खेलमा पीएसजीले एफ के माथि जित निकाले नेपोली समूह चरणबाट बाहिरिनेछ । नेपोली लिभरपुलसँग पराजित तथा पीएसजी एफ केसँग बराबरीमा रोकिएको अवस्थामा भने नेपोली अघिल्लो चरणमा प्रवेश गर्नेछ । एजेन्सीको सहयोगमा