मंसिर १३, काठमाण्डौ । नेपाल वायुसेवा निगमले खरिद गरेको दुई वाइडवडी विमान खरिद प्रकरणमा ६ अर्ब घोटला भएको विषय थप जटिल बन्दै गएको छ । निगमले एक डलरको कम्पनी खडा गरेर खरिदबिक्री गरेको भेटिएपछि सार्वजानिक लेखा समितीमा यस विषयमा भइरहेको अनुसन्धान थप जटिल बन्दै गएको हो ।
२०१७ फेब्रुअरी २१ तारिखमा आयरल्यान्डमा दर्ता भएको हाइपm्लाई एक्स कम्पनी वाइडबडी विमान बिक्रीकै लागि मात्र खडा गरिएको पाइएपछि प्रकरणले अर्को मोड लिएको हो । एक डलर पुँजीको कम्पनीले एयरबस कम्पनीबाट दुइटा वाइडबडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा निगमलाई बेचेका थिए ।
मंगलबार संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुले यसको थप अनुसन्धान गरी दोषीलाई कारवाही गर्न माग गरेपछि समितीले निगमले गरेको वाइडबडी खरिदका विषयमा सार्वजनिक खरिद अनुगमन कार्यालयलाई एक साता भित्र अनुसन्धान गरी प्रतिवेदन माग गरेको छ । बैठकमा सांसद प्रेम आलेले निगमले बिचौलियामार्फत जहाज खरिद गरी अरबौ रकम अनियमितता गरिएको भन्दै कडारुपमा आपत्ति जनाए । यति मात्र होइन उनले अहिले सम्मको अनुसन्धानले ६ अर्बरुपैयां घोटला भएको पुष्टि भइसकेकोले समितीले जसरी पनि कारवाही गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले आफ्नै पार्टीका प्रधानमन्त्री केपी शर्मा ओलीले भन्दै आएको भ्रष्ट्रचारको शुन्य सहनशिलतामाथि गंम्भिर प्रश्न गर्दै यो घटनाले त्यसको खिल्ली उडाएको भन्दै आपत्ति जनाए ।
यसअघि आइतबार बसेको लेखा समितीको बैठकमा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले ‘कानुनले ठेकेदारका रूपमा चिन्ने कम्पनीलाई बिचौलिया भन्न नमिल्ने जवाफ दिएका थिए । उनी विदेश भ्रमणमा गइसकेका छन् । घटनामा मुछिएका संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री रविन्द्र अधिकारीले वाइडबडी विमान खरिदका कागजात २४ घण्टाभित्र संसदीय समितिलाई बुझाउने प्रतिवद्धता जनाएका पनि थिए । तर अहिले सम्म के भयो भन्नै अत्तोपत्तो छैन । अहिले पनि उनी यो प्रकरणमा कोही दोषी देखे कारवाही गर्ने दोहो¥याइरहेका छन
त्यसो त यसअघिको भएका चर्चित ठुला घोटलाहरु सुडान काण्ड, धमिजा काण्ड, चेन्च एयर प्रकरणमा पनि यस्तै हाईफ्लाई एक्स जस्तै कम्पनी खडा गरेर घोटला गरेको अनुसन्धानले पुष्टि गरीसकेको छ । यो वाइडबढी खरिद प्रकरणमा पनि यस्तै गिरोहहरुको चलखेलमै भएको होकी भन्ने प्रशस्त आधारहरु देखिएको छ ।




प्रतिक्रिया