काठमाडौं । नेपाली कांग्रेसका यूवा नेता एवम् प्रतिनिधि सभा सांसद गगन थापाले आजदेखि सूरु गरेको जोर विजोर प्राणालीको अवज्ञा गर्न आग्रह गरेका छन् ।
उनले फेशबुकमा लेखेका छन्,‘सही कामको लागि सरकारले आव्हान गर्दा जोरविजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ ।
तर, धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौं ।’
माईतिघरबाट प्रदर्शनमा उत्रेका यूवाहरु पक्राउ
‘नेपाली छोरी निर्मलालाई न्याय देउ सरकार’ अनि जिससकी छोरीलाई चढाउँला फूलमाला’ भन्दै माइतीघर मण्डलामा प्रदर्शन गर्ने यूवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
एनजीओले आयोजना गरिएको एसिया प्यासेफिक समिटमा भाग लिनको लागि बिदेशी पाहुनाहरु नेपाल आउने क्रम जारी छ । यसैलाई ध्यानमा राखेर सरकारले चारदिन अर्थात मंसिर १६ गतेसम्म जोर विजोर सवार चलाउन निर्देशन दिएको छ ।




प्रतिक्रिया