काठमाडौं, १३ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विरसहित लाईटबोर्डमा प्रधानमन्त्रीको तस्विरसहितको विज्ञापनबारे सामाजिक सञ्जालमा विरोध हुनुको कुनै तुक नभएको स्पष्ट पारेको छ ।
गत मंगलबार बिहानै काठमाडौंको सबैभन्दा व्यस्त सडकमा महानगरले बिजुलीको पोलमा विज्ञापनका लागि बनाएका लाइटबोर्डमा प्रधानमन्त्रीको तस्वीरसहितको विज्ञापन थियो । विज्ञापनमा लेखिएको थियो ‘सहभागिता–योगदान–सामाजिक सुरक्षा ।’ विज्ञापनबारे सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी भएपछि प्रधानमन्त्री कार्यालयबाट यस्तो कुरा आएको हो ।
नेपालका दैनिक पत्रिकाहरुमा पनि प्रधानमन्त्रीको फोटोसहितको ज्याकेट विज्ञापनबारे पनि नकारात्मक टिप्पणी भएको थियो । दैनिक पत्रिकामा आएका विज्ञापनमा लेखिएको थियो ‘नयाँ युगको सुरुवात ।’ तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले विरोध गर्नुको कुनै तुक नभएको जिकिर गरेका छन् ।
उनले भने,‘भारतमा मोदी र चीनमा सि जिनपिङले पनि आफ्नो फोटो राखेर विकास र समृद्धिका कार्यक्रम अघि सारेका छन् । अब यसको विरोध नेपालका दैनिक पत्रिकाहरुले गरेका छैनन् । पत्रिकाहरुले सम्पादकीय लेखेर विरोध जनाएको भए हामी सम्बोधन गर्दथ्यौं। तर ठूला–ठूला मिडियामा त्यसरी विरोध भएको छ । सामाजिक सञ्जालमा भने विरोधको लागि विरोध गरिएको छ ।’




प्रतिक्रिया