काठमाडौं, १४ मंसिर । भारतका साउथ दिल्ली म्युनिसिपल कर्पोरेशनका मेयर नरेन्द्र कुमार चावलाले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सुमधुर, सुदृढ र मजबुद रहेकोले आगामी दिनमा यसलाई अझै प्रगाढ बनाउनुपर्नेमा जोड दिए ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मेयर चावलाले नेपालको विकास र समृद्धिमा भारतको सँधै सहयोग र साथ रहनेपनि विश्वास दिलाए । उनले भने,‘हामी नेपालको विकासमा स्टा«ेङ पार्टनर बन्छौं ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले विद्यमान राजनीतिक, सामाजिक–सांस्कृतिक, पानी, सरसफाई, महिला सशक्तिकरणलगायत सबैखाले चूनौतिहरुको दुवै देश मिलेर सामना गर्नुपर्नेपनि जोड दिए ।
उनले नेपालको पशुपतिनाथ मन्दिरको कृपा र भारत वर्षमा पनि शिव भगवानको कृपा हुने भएको सुनाउँदै दुवै मिलेर अघि बढ्नुपर्ने पनि धारणा राखे । उनले भने,‘हामीबीच धेरै फरक छैन् ।’ उनले हिमालयको कोखमा रहेको नेपाल आउन पाउँदा आफू निकै खुशी भएको सुनाए ।




प्रतिक्रिया