काठमाडौं, १५ मंसिर । आजदेखि काठमाडौंमा शुरु भएको ‘एशिया प्रशान्त शिखर सम्मेलन–२०१८’ को उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । उद्धघाट्न सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २१ औँ शताब्दी अनुकूल न्याय, शान्ति, समानता, विकास र समृद्धिका लागि साझा प्रयास हुनुपर्ने बताएका छन् ।
यो समिटलाई लिएर प्रधानमन्त्री ओली विवादित बने । सुरुमा यो समिटको सह–आयोजक बस्ने भनेर प्रचार गरिएको थियो । तर, जनमानसबाट व्यापक विरोध भएपछि सरकार उक्त समिटको सह–आयोजकबाट पछि हटेको हो । विदेशी आईएनजिओको कार्यक्रममा सरकार आयोजक बस्नु गलत भएको बुद्धिजीवीहरुको तर्क थियो ।
तर, सत्तारुढ दल नेकपाका बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले नै उक्त समिटको चेअर बने । समिटमा भाग लिन आएका विदेशी पाहुनाहरुसँग भेटवार्ता गर्नको लागि प्रधानमन्त्री ओलीलाई लगेर तीन दिनसम्म सोल्टीमा लगेर राखे । नेता नेपालले आफ्नो रणनीतिअनुसार नै प्रधानमन्त्री ओलीलाई उपयोग गरेको भन्नेपनि नेकपाभित्र हल्ला छ ।
आलोचनाकै कुरा गर्ने हो भने यो समिटमा आएका पाहुना कोही पनि विश्वस्तरमा रुचाईएका चर्चित अनुहार छैनन् । एशियाबाट सिनियर लिडरहरु कोही पनि नआएकोले सरकारले यति धेरै महत्व दिनुको कुनै अर्थ नहुने विश्लेषकहरुको भनाई छ ।
यो समिटबाट आर्थिक रुपमा पनि नेता नेपालले लाभ लिएको बताउनेहरु धेरै छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पनि माधव नेपाल बलियो बनेका छन् । तर, ओलीको यही समिटका कारण व्यापक आलोचना भयो ।
नेपाल सरकार तथा सङ्घीय संसद् नेपालको सहयोगमा युनिभर्सल पिस फेडरेसन, इण्टरनेशनल कन्फरेन्स अफ एशियन पोलिटिक्स (आइक्याप), इण्टरनेशनल एशोसिएसन अफ पार्लियामेन्ट फर पिस (आइएपिपी) लगायत संस्थाहरुको आयोजनामा दुई दिनसम्म जारी रहने सम्मेलनमा आधा दर्जन मुलुकका राष्ट्र/सरकार प्रमुखका साथै अन्य मुलुकका विशिष्ट पाहुनाहरु सहभागी छन् ।
सम्मेलनमा ‘वर्तमान समयका गम्भीर चुनौतीमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मान्यता’ विषयमा विभिन्न सत्रमा बहस तथा छलफल हुनेछ । सम्मेलनमा लागि म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकी र कम्बोडियाका प्रधानमन्त्री हुन सेन, भारतका पूर्वप्रधानमन्त्री एचडी देवेगौडालगायत विशिष्ट अतिथि छन् ।




प्रतिक्रिया