भोलि विप्लवको ७७ वटै जिल्लामा धर्ना जुलुश, बलात्कारी सार्वजनिक गर्न माग

0
Shares

काठमाडौं, १५ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले भोलि देशको ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा जुलुश गर्ने भएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दापनि सरकारले अपराधी सार्वजनिक गर्न नसकेको भन्दै विप्लव माओवादीले विरोध जुलुश निकाल्ने भएको हो ।

प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार सरकारले निर्मलाको लागि न्याय माग्दा उल्टै प्रहरी प्रशासन लगाएर दमन गरेको भन्दै विरोध जनाए । उनले भने,‘निर्मलाको लागि न्याय मागेर पोष्टर टाँग्दासमेत सरकारले दमन गर्यो ।’