मंसिर १६, काठमाण्डौ । राजनीतिक विश्लेषक डा. उद्धव प्याकुरेलले केपी ओली नेतृत्वको सरकारले चिनसँगको बन्द भएको नाका खुलाउन नसकेको भन्दै आलोचना गरेका छन् ।
चिनले तातोपानी र कोदारीतर्फको बाटोमा लामो समयदेखि नाकाबन्दी गरेको प्याकुरेलको आरोप छ ।
नेपाल कम्युनिष्ट पार्टीका नेता देवेन्द्र पौडेलले भने चिनले नाकाबन्दी गरेको नभै नेपाल सरकारले नै पूर्वाधार निर्माण गर्न नसकेका कारण नाका खुल्न नसकेको बताए ।
तर प्याकुरेलले भने चीनलाई मनाउन नसकेका कारण नाकाबन्दी नखुलाइएको जिकिर गरे ।
सरकारले परराष्ट्र सम्बन्धलाई पनि सुधार गर्न नसकेको प्याकुरेलको तर्क छ ।
नेता पौडेलले केपी ओली नेतृत्वको सरकारले बाघको गति लिनुपर्नेमा खरायोको गतिमा हिँडेको भन्दै असन्तुष्टी भने पोखे ।
विश्लेषक प्याकुरेलले पनि सरकार प्रतिवद्ध भएर काम गर्न नसकेको आरोप लगाए । उनले सरकार आफैले गरेको निर्णयमा अडिग हुन नसकेको जिकिर गरे ।
पौडेलले भने केही निर्णयहरुमाथि जनताको भावनाका आधारमा पुनर्विचार गरिनु स्वभाविक भएको बताए ।




प्रतिक्रिया