काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली आज समापन हुने ‘एशिया प्यासिफिक समिट–२०१८’ मा सहभागी हुन ह्यात रिजेन्सी होटल पुगिसकेका छन् । होटेल सोल्टीबाट उनी त्यहाँ पुगेका हुन् ।
काठमाडौंमा जारी एसिया प्यासेफिक समिटमा युनिभर्सल पिस फेडेरेसनकी अध्यक्ष हाक जा हान मुनबाट आशिर्वाद थाप्न देशैभरिका स्थानीय तहका प्रमुखलाई निम्तो पठाइएको छ। उनीहरूलाई दम्पत्तिसहित आउन भनिएको छ।
आज साँझ नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि सहभागी हुने भनिएको थियो । तर, प्रचण्ड आज हुने समापन कार्यक्रममा सहभागी नहुने उनको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया