काठमाडौं, १९ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अहिले प्रचण्ड प्रधानमन्त्री बन्ने कुरा कहाँबाट आयो भन्दै पत्रकार ऋषि धमलालाई प्रश्न गरेका छन् । प्राईम टाईम्स टेलिभिजनको चर्चित कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा धमलासँग कुरा गर्दै उनले यस्तो प्रश्न गरेका हुन् ।
नेता नेपालले अहिले प्रचण्ड प्रधानमन्त्री कुनै सम्भावना नरहेको जिकिर समेत गरेका छन् । त्यस्तै उनले प्रदेश कमिटीलाई पूर्णता दिने क्रममा आफूसँग खासै छलफल र सहमति नखोजेको पनि गुनासो पोखे । उनले भने,‘मेरो सहमतिअनुसार प्रदेश कमिटी चयन हुनुपर्दछ ।’




प्रतिक्रिया