पुष १, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता भीम आचार्यले केपी ओलीलाई पार्टी र सरकार दुवैतिरको नेतृत्व दिन नहुने बताएका छन् ।
प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै आचार्यले एक व्यक्ति एक पद नहुने हो भने प्रभावकारी काम हुन नसक्ने बताएका हुन् ।
पछिल्लो समय नेतृत्वले पार्टीलाई लोकतान्त्रिकरण गर्न नसकेको आचार्यको आरोप छ । तल्लो तहसम्मको एकतालाई पनि मूर्त रुप दिन नसकेको भन्दै आचार्यले नेतृत्वको आलोचना गरे ।
नीति, विचार र सिद्धन्तमा कमजोरी देखिएको उनको ठोकुवा छ । शनिवार बसेको स्थायी कमिटिको बैठकमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदनप्रति असन्तुष्टी जनाउँदै बामदेव गौतमले फरक मत राख्नु स्वभाविक भएको भन्दै आचार्यले अरु नेताहरुले पनि मौखिक रुपमा असन्तुष्टी व्यक्त गर्न सक्ने बताए ।
अध्यक्ष दाहालले पेश गरेको प्रतिवेदन पार्टीको नभै सरकारको जस्तो देखिएको आचार्यको टिप्पणी छ ।




प्रतिक्रिया