पुष १, काठमाण्डौ । थाइल्याण्डमा भएको १० औं शारिरीक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा नेपालका महेश्वर महर्जनले पुरुष ७५ केजी तौलसमुहमा स्वर्ण जिते ।
यसले नेपालको नाम उच्च रह्यो । तर प्रतियोगितामा नेपालको पुरानो राष्ट्रिय गान बजाइयो ।
नेपालमा राजतन्त्र विस्थापित भएर गणतन्त्र आएको १२ बर्ष भइसक्यो । गणतन्त्र आएपछि नेपालको राष्ट्रिय गान पनि परिवर्तन भएको १० बर्षभन्दा बढी भयो । तर थाइल्याण्डमा चाङमईमा भएको विश्व शारीरिक सुगठन प्रतियोगितामा नेपालको इज्जत नै जाने काम भयो भन्दा कम नहोला ।
त्यो हो नेपालको पुरानो राष्ट्रिय गानको धुन बजाए । महेश्वर महर्जनले स्वर्ण पदक जितेपछि उनको सम्मान र पदकका लागि नेपालको राष्ट्रिय धुनका लागि उद्घोषकले बोले । जसमा महेश्वर नेपालको राष्ट्रिय झण्डा काधमा राखेर गर्वका साथ आँखा चिम्लिएर राष्ट्रिय धुन सुनिरहेका थिए । तर ब्याग्राउन्डमा नेपालको श्रीमान गम्भिर भन्ने पुरानो राष्ट्रिय धुन बज्यो ।
अहिलेको राष्ट्रिय गान सायै थुंगा फुलका हामी राख्नुको सट्टा श्रीमान गम्भिरलाई राष्ट्रिय गानका रुपमा पहिचान गर्न नसक्नै नेपाली कस्ता पदाधिकारी थाइल्याण्ड पुगेका रहेछन भन्ने प्रश्न उठेको हो ।
देशको इज्जतसँग नै जोडियो यो क्षण विश्वमाझ देखाउनु भन्दा अगाडी आयोजकले पनि एकपटक राष्ट्रिय धुन हो की होइन भनेर रिचेक नगर्नु अर्को गल्ति पनि हो । त्यो भन्दापनि ठुलो नेपालको राष्ट्रिय धुन यो हो भनेर बुझाउने पदाधिकारी नै हुन । महेश्वरले विश्व च्याम्पियनसिपमा दोस्रो पटक पदक जित्दा जति गर्व देशलाई भएको थियो । त्यो सबै यो एक मिनेटले खराव बनाएको छ ।




प्रतिक्रिया