काठमाडौं, २ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जारी महासमिति बैठक सुचारु हुन नसकेपछि महासमिति सदस्यहरु आक्रोशित बनेका छन् । महासमिति बैठक दुई घण्टाका लागि भनेर विहानै साँढे १० बजे स्थगित गरिएको थियो । तर, बैठक चार घण्टा बितिसक्दापनि सुचारु हुन सकेको छैन ।
बैठक तोकिएकै समयमा सुचारु नभएपछि महासमिति सदस्यहरु यतिवेला नेतृत्वप्रति आक्रोशित बनेका छन् । सभापति शेरबहादुर देउवाले विधानमा सहमति गर्नका लागि केन्द्रीय समिति बैठकमा जाने बताएर उपसभापति विजयकुमार गच्छदारलाई सभापतित्व दिन खोजेपछि महासमिति भेलाले हुटिङ गरेपछि बैठक दुई घण्टा स्थगित भएको थियो ।




प्रतिक्रिया