काठमाडौँ, १५ पुस । परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले पत्रकारिताको आधारभूत धर्मलाई समेत ख्याल नगरी चरित्र हत्या गर्ने उद्देश्यले केही सञ्चार माध्यममा आफ्नोबारेमा समाचार प्रकाशित भएको भन्दै आपत्ति जनाएका छन् ।
सचिव वैरागीले आइतबार एक विज्ञप्तिमार्फत केही सञ्चारमाध्यमले कपोलकल्पित, बद्नियतपूर्ण र तथ्यहीन समाचार व्यक्तिगत चरित्र हत्या गर्ने उद्देश्यले प्रेरित रहेको बताएका छन् ।
मन्त्रालयले बुधबार प्रकाशित गरेको प्रेस विज्ञप्तिका सम्बन्धमा आन्तरिक छानविन भइरहेको भन्दै वैरागीले अष्टे«लियाका राजदूत लक्की शेर्पाको बारेमा पनि कानूनद्वारा अख्तियार प्राप्त निकायले छानविन गरिरहेको बताएका छन्।
अरु मुलुकका राजदूत जस्तै अष्ट्रेलियाका लागि नेपाली राजदूतसँग पनि कार्यालय समयमा नै भेटघाट गरेको र छानबिन समितिको अध्ययनमा समेत प्रभावित पारेको भन्ने विषय असान्दर्भिक रहेको विज्ञप्तिमा उल्लेख छ ।
उनले आफू सरकारी कामको सिलसिलामा अमेरिका र जनवादी गणतन्त्र चीनको भ्रमणमा रहेकाले मन्त्रालयमा आफ्नो उपस्थिति कम रहेको जानकारी दिँदै राजदूतको विषयमा छानविन समितिले स्वतन्त्ररुपमा काम गरिरहेकोसमेत उल्लेख गरेका छन्।




प्रतिक्रिया