काठमाडौं, २३ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना दुईजना नेताको सम्झनामा आज काठमाडौँमा संयुक्त श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।
पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धान्जली सभा गर्न लागेको नेकपाले जनाएको छ ।
भृकुटीमण्डपमा दिउँसो १ बजे सुरू हुने श्रद्धान्जलीसभामा नेकपाका दुवै अध्यक्षले सम्बोधन गर्ने नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको यही फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।




प्रतिक्रिया