मनशुन प्रवेशसँगै नदी तटीय क्षेत्रमा सतर्कता

0
Shares

काठमाडौं, ६ असार । देशभर मनशुन प्रवेशसँगै नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सन्देश जारी गरिएको छ । नदी किनारमा रहेका बस्तीमा भारी वर्षाका बखत क्षति पुग्न सक्ने भएकाले सतर्कता अपनाउन भनिएको हो ।

मौसम पूर्वानुमान महाशाखा अन्र्तगतको नेपाल बाढी सूचनाले भनेको छ,‘नदी तटीय क्षेत्रहरुमा सतर्कता अपनाउन शुरु गरौं ।’ मौसम पूर्वानुमान महाशाखाले देशभित्र कमजोर मनसुन प्रवेश गरेको र आगामी एक हप्ता जति हल्वा वा मध्यम वर्षा हुने र पूर्ण विकसित भई उच्च वर्षा गराउन सक्ने पूर्वानुमान गरेको छ ।

एक हप्तापछि भारी वर्षाका कारण नदी तटीय क्षेत्रमा बाढी र डुबानका समस्याहरु हुनसक्ने खतरा छ । पहाडमा पहिरो जानसक्ने र तराईमा डुबानको खतरा हुनसक्छ ।