‘आयोगको काममा अवरोध नगर’


काठमाडौं, २५ असार। । लोक सेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले सरकारलाई कडा चेतावनी दिएका छन् । उनले संवैधानिक निकायहरुको काममाथि अवरोध नगर्न सरकार र संसद दुवैलाई चेतावनी दिएका हुन ।

मैनालीले संविधान अनुसार चल्ने लोक सेवा आयोगलगायतका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै जनप्रतिनिधिमूलक संस्था संसद र सरकार दुवैको कामलाई सघाउ पु¥याउने पनि स्पष्ट पारे ।

उनले संवैधानिक निकायको काम सरकार र संसदलाई नै सहयोग पु¥याउनु रहेकाले उनीहरुको काममाथि अवरोध गर्न नहुने पनि स्पष्ट पारे । बुधबार मधेशी आयोगले काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्वतन्त्रतापूर्वक काम गर्न दिएमात्रै लोक सेवा आयोग, अख्तियार, निर्वाचन आयोगलगायतका संवैधानिक निकायहरुले उत्कृष्ट कार्य सम्पादन गर्न सक्ने पनि स्मरण गरे ।

अध्यक्ष मैनालीले संघीय निजामती सेवा ऐन छलफलको क्रममा रहेकाले त्यसमा सबै समुदायको आरक्षणको स्पष्ट व्यवस्था गर्न पनि संघीय संसदको ध्यानाकर्षण गराए । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम