शिल्पा र छवि ओझाबीच मनमुटाव, शान्ति सुरक्षा माग गर्दै शिल्पा प्रहरीको शरणमा

0
Shares

काठमाडौं २६ असार । अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाबीच मनमुटाव भएको छ। यही विषयलाई लिएर शिल्पाले महानगरीय प्रहरी परिसर टेकुमा पुगेर सुरक्षाको माग गर्दै निवेदन दिएकी छन्।

परिसरका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार शान्ति सुरक्षाको माग गर्दै शिल्पाले गत सोमबार छविविरुद्ध उजुरी दिएकी थिइन्।

‘हामीले दुबै जनालाई सँगै राखेर छलफल गराउन खोजेका छौं, त्यसका लागि दुबै पक्षलाई बिहीबार उपस्थित हुन अनुरोध गरेका छौं’, उनले भने,‘उहाँहरुबीच घराएसी विवाद भएको हो, त्यसैकारण शिल्पाजीले असुरक्षा महसुस गर्नु भएको रहेछ।’

गोप्य रुपमा विवाह बन्धनमा बाँधिएका शिल्पा र छविको जोडीको विवाहबारे गतवर्षमात्र खुलेको थियो। नायिका रेखा थापासँग डिभोर्स भएपछि छवि शिल्पासँग सम्बन्धमा थिए।

शिल्पालाई म्युजिक भिडियोबाट ठूलो पर्दामा प्रवेश गराएका छविले विस्तारै आफ्नै घर भित्र्याएका थिए। लामो समयसम्म सँगै बसेपनि उनीहरुले सम्बन्धबारे भने खुल्न चाहेका थिएनन्।