५० हजार घुस लिने पक्राउ


मकवानपुर । ५० हजार घुससहित कर्मचारी पक्राउ परेका छन् । उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौंडा मकवानपुरका अधिकृत ९आठौं० चन्दनकुमार अमात्यले उद्योग दर्ता गर्न आइइइ प्रतिवेदन स्वीकृत गर्ने प्रयोजनको लागि विभिन्न बहाना गरी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडा मकवानपुरबाट खटिएको टोलीले पक्राउ परेको हो ।

उनले सेवाग्राहीसँग पचास हजार घुस वापतको रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाट उक्त रकम सहित १९ साउनमा रङ्गेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Skip This

Omoda E5 Pro