रोग निको हुने भन्दै धर्म परिवर्तन


काठमाडौं ७ भदौ । पाँच बर्षअगाडि मानसिक रुपले विरामी परेकी त्रिबेणी गाउँपालिका–७ गैरीगाउँ तितिमकी २० बर्षीया विमला पुन अस्पतालले उपचार गर्न नसकेको भन्दै चर्चमा प्राथना गर्न थालेपछि निको भएको ठानेर धर्म परिवर्तन गरी अहिले अभियन्ता बनेकी छन् ।

विमलाको अहिले पाँच महिनाको छोरो छ । वाल विवाह गरेकी उनले विवाह गर्ने उमेर नपुग्दै छोरो जन्माइन । यो गाउँमा उनीजस्ता दर्जनौं किशोरी आमा बनिसकेका छन् ।

केही महिनाको उपचारले विरामी निको नभएकी उनको रोग चर्चले विसेक भएको भन्दै सबै परिवारले धर्म फेरे ।

‘तीन महिनाजति विरामी भएँ । धेरै उस्पतालमा उपचार गरें सन्चो भएन । चर्चमा प्राथना गर्न थालेपछि निको भयो ।’ गाउँमा रहेको सलमा प्रशंसा मण्डली’ विश्वासी विमलाले बताइन ।

‘अहिले धर्म फेर्ने धेरैजसो विरामी छन् । हरेक शनिबार चर्चमा जान्छौं’, उनले भनिन, ‘मँ अभियन्ता नै हुँ । अहिले त माइतीले पनि धर्म फेरे ।’ उनका अनुसार रहर वा बुझेर चर्च आउने भन्दा पनि उपचारका लागि चर्च आउनेको संख्या बढीरहेको छ । -नागरिक दैनिकबाट

Skip This

Omoda E5 Pro