तालिबानीको जेलबाट १३ जना मुक्त


काबुल, २० भदौ । तालिबान लडाकूहरुले बन्दक बनाएर राखेका १३ जनालाई अफगानीस्तानी सैनिकहरूले मुक्त गराएका छन् ।देशको पश्चिमी क्षेत्रमा पर्ने फराह प्रान्तमा सुरक्षा कारबाहीको क्रममा उनीहरुलाई थुनामुक्त गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन् ।

प्रान्तीय राष्ट्रिय सुरक्षा निर्देशनालयले बिहीबार राति विषेश सुरक्षा कारबाही चलाएको थियो, त्यही क्रममा १३ जनालाई मुक्त गराइएको हो, राष्ट्रिय सुरक्षा कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा जनाइएअनुसार फाराह प्रान्तको बाक्वा जिल्लामा उनीहरुलाई बन्दक बनाएर राखिएको थियो ।सुरक्षा कारबाहीका क्रममा एक जना तालिबान लडाकूलाई गिरफ्तारसमेत गरिएको अधिकारीहरूले जनाएका छन् ।सरकार विरुद्ध लड्दै आएका ५० जना लडाकूहरुको समूहले उनीहरुलाई बन्दक बनाएर राखेको वक्तव्यमा जनाइएको छ ।तालिवान लडाकूहरूले आम नागरिकलाई नियन्त्रणमा लिएर बन्दक बनाउने घटना समयसमयमा हुनेगरेको छ । (रासस÷सिन्ह्वा)

Skip This

Omoda E5 Pro