मनसुन अझै केही हप्ता रहने, विभिन्न स्थानमा वर्षाको सम्भावना


काठमाडौं, भदौ २७ । देशमा अझै मनसुन रहेको छ । मनसुनी न्यून चापीय रेखा हाल औसत स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको मध्य प्रदेशको उत्तरी भाग तथा उत्तर प्रदेशको दक्षिण भागमा एउटा निम्न चापीय प्रणाली अवस्थित छ । बंगालको खाडिबाट आएको जलबास्प युक्त हावाको प्रभावका कारण देशभर मौसमी गतिबिधि बढिरहेको छ ।

महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभरी सामान्य बदली रही मध्य र पुर्वका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशका पहाडि भेगका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

राती देशभरी सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जनरचट्टयांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। देशको पहाडि भु-भागका एक वा दुइ स्थानमा भारी वर्षाको सम्भावना छ।

Skip This

Omoda E5 Pro