साउदी अरबको दुईवटा तेल प्रशोधन केन्द्रमा क्षति पुग्ने गरी भएको आक्रमणमा इरानको भूमिका रहेको तथ्य आफूसँग सुरक्षित रहेको अमेरिकी दाबी देखिएको छ । अमेरिकी सञ्चारमाध्यमहरुले एकजना अमेरिकी अधिकारीलाई उदृत गर्दै आक्रमणकारी ड्रोन इरान वा इराकबाट आएको उल्लेख छ ।
यमनका हुथी विद्रोहीले आक्रमणको जिम्मेवारी लिएपनि अमेरिकाले पत्याएको छैन । उसले शनिबारको आक्रमण लगत्तै इरानमाथि औंला ठड्याइसकेको छ । त्यसलाई इरानले अस्वीकार गरिसकेको छ ।
हुथीले भनेजस्तै दश वटा ड्रोनले १९ वटा ठाउँमा आक्रमण गर्न नसक्ने ठहर समेत गरिएको छ । एकजना वरिष्ठ अमेरिकी अधिकारीलाई उदृत गर्दै सीएनएनले लेखेको छ, ‘यो अन्य कुनै स्थानबाट नभई इरान वा इराकबाट भएको हुनुपर्छ ।’ प्रशोधन केन्द्रमा आक्रमण गर्दा नौ वटा स्थानलाई तारो बनाइएको र त्यस्तो आक्रमण ड्रोनबाट सम्भव नभएको बताइएको छ । ती अधिकारीको भनाई उदृत गर्दै लेखिएको छ, ‘१९ वटासम्मको यस्तो आक्रमण दश वटा ड्रोनबाट सम्भव हुँदैन ।’
स्याटलाइन तस्बिर समेत बनाएर आक्रमणबारे अध्ययन गरिएको छ । जसबाट यमनबाट आक्रमण हुन नसक्ने दिशा रहेको देखिएको उल्लेख छ । त्यसबाट ड्रोन इरान वा इराकबाट आएको हुनसक्ने उल्लेख छ ।

मध्यपूर्वमा तनाव बढिरहँदा पछिल्लो घटनाले युद्धको बादल मडारिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटर गर्दै घटनाको सूक्ष्म अध्ययन गरिरहेको बताएका छन् । आक्रमण गर्नेको तथ्यबारे जानकारी आइसकेको समेत बताएका छन् ।-एजेन्सी Photo Source: Agencies




प्रतिक्रिया