फिफा वरियतामा बेल्जियम पहिलो (को कुन स्थानमा सूचीसहित)


फिफा वरियतामा बेल्जियम पहिलो स्थानमै रहन सफल भएको छ । आज फुटबलको सर्वोच्च संस्था फिफाले सार्वजनिक गरेको वरियतामा बेल्जियम १७५२ अंकसहित पहिलो स्थानमा रहन सफल भएको हो ।

दोस्रो स्थानमा विश्वकप विजेता फ्रान्स पुगेको छ । उसले ब्राजिललाई एक स्थान तल धकेल्दै दोस्रो स्थान पक्का गरेको हो ।

इंग्ल्यान्ड चौंथो स्थानमा कायमै रहेको छ । पोर्चुगल एक स्थानमाथि उक्लेर पाचौं र उरुग्वे एक स्थान तल झेर छैंठौं स्थानमा छ । स्पेन दुई स्थान उक्लेर सातौंमा छ ।

एशियाबाट सबैभन्दा माथिल्लो वरियतामा जापान रहेको छ । उसको वरियता ३१ औं छ । कोरिया ३७ औं स्थानमा रहँदा अष्ट्रेलिया ४४ औं स्थानमा छ ।

१. बेल्जियम
२. फ्रान्स
३. ब्राजिल
४. इङ्ल्यान्ड
५. पोर्चुजल
६. उरुग्वे
७. स्पेन
८. क्रोएसिया
९. कोलम्बिया
१०. अर्जेन्टिना
११. स्विट्जरल्यान्ड
१२. मेक्सिको
१३. नेदरल्यान्ड
१४. डेनमार्क
१५. इटाली

Skip This

Omoda E5 Pro