च्याम्पियन्स लिग फुटबलमा चेल्सीले तीन गोलले पछि परेको स्थितिलाई उल्टाउँदै बराबरी गरेको छ । गएराति चेल्सीको मैदानमा भएको खेलमा एजेक्सले पहिलो हाफमा चेल्सीमाथि दुई गोलको अग्रता लियो ।
खेलको दोश्रो मिनेटमा अब्राहमले आफ्नै पोष्टमा गोल गर्दा एजेक्सले अग्रता लिएको थियो । जोर्गिनोले चौंथो मिनेटमा प्राप्त पेनाल्टीको सदुपयोग गरी खेललाई बराबरीमा ल्याएपनि एजेक्सले लगातार तीन गोल गर्यो । प्रोमेजले २० औ मिनेटमा गोल गरे । अरिजाबालागाले ३५ औं मिनेटमा आफ्नै पोष्टमा गोल गरे । ५५ औं मिनेटमा भान डि बिकले गोल गरी तीन गोलको अग्रता लिए ।
खेलमा फर्कने क्रममा ६३ औं मिनेटमा अजपिलिकुटाले गोल गरे । ६८ र ६९ औं मिनेटमा एजेक्सका दुई खेलाडीले रातो कार्ड पाएपछि खेलले नयाँ मोड लियो । त्यसपछि चेल्सीले लगातार दुई गोल गर्यो । अन्तिम दश मिनेट एजेक्सले रक्षात्मक खेलेर चेल्सीलाई बराबरीमा रोक्यो । Photo Source: skysports




प्रतिक्रिया