सेल्टा भिगोमाथि बार्सिलोनाको शानदार जित, मेस्सीको ह्याट्रिक


बार्सिलोना, स्पेन २४ कात्तिक । स्पेनिस ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा स्पेशिन जाईन्ट बार्सिलोनाले सेल्टा डी भिगोलाई ४–१ ले पराजित गरेको छ। जितसँगै बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ।

बार्साको जितमा पहिलो अग्रता पनि मेसीले दिलाएका थिए। उनले खेलको २३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन्। त्यसपछि खेलको ४२ औं मिनेटमा सेल्टाका लागि ओलाजाले बराबरी गोल फर्काए ।

पहिलो हाफको अतिरिक्त समयको पहिलो मिनेटमा पुनः गोल गर्दै मेसीले टोलीलाई पहिलो हाफको समाप्तीमा अग्रता दिलाए । त्यसपछि बार्साका लागि ४८ औं मिनेटमा मेसीले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे।

८५ औं मिनेटमा बुस्केट्सले टोलीका लागि चौथो गोल गरे र समग्रमा खेल ४–१ ले बार्सिलोनाको पक्षमा गयो । जितसँगै लिगमा बार्साको १२ खेलबाट २५ अंक छ भने २५ अंक नै भएपनि गोल अन्तरका कारण रियल मड्रिड दोश्रो स्थानमा छ।