फेरी गौरिका


काठमाडौँ, २४ मंसिर । जारी दक्षिण एसियाली खेलकुद सागमा पौडीबाज गौरिका सिंहले सोमबार व्यक्तिगत चौँथो स्वर्ण जितिन्। चौँथो स्वर्ण जित्दा उनी भावुक देखिएकी थिइन्।

१०० मिटरको फ्रिस्टाइल स्पर्धामा प्रतिस्पर्धीलाई पछि पारेपछि बधाइ दिन समाजसेवी अनुराधा कोइराला अघिल्तिर पुग्दा गौरिका भावुक देखिन्थिन्। गौरिकाले यसअघि ४०० मिटर फ्रिस्टाइल, २०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक हात पारी स्वर्णमा ह्याट्रिक गरिसकेकी छन्।
अन्नपूर्ण पोष्ट्बाट