३० मङ्सिर : यस वर्ष बारामा आलु खेतीको क्षेत्रफल कमी भएका कारणले उत्पादनमा समेत कमी भएको छ । कृषि ज्ञानकेन्दका अनुसार यहाँका कृषक नगदेबालीका रुपमा माछापालन र उखु खेतीतर्फ अग्रसर भइरहेका कारण बिस्तारै खेतीमा कमी आइरहेको हो ।
ज्ञानकेन्द्रका प्रमुख जितेन्द्र यादवले गत वर्षको तुलनामा यस वर्ष पनि आलुको क्षेत्रफल र उत्पादनमा समेत कमी आएको बताए । आव २०७६-७७ मा कृषकले कूल सात हजार ४७० हेकटर क्षेत्रफलमा सी ४० खुमलटार रातो जातको आलु खेती गरिएको छ ।
जिल्लाको हरिहरपुर, गोलागञ्ज, देवापुर, उचिडिह, पिपरपाती, बरियापुर, मटियर्वा लगायतका ठाउँ आलुका लागि पकेट क्षेत्र मानिए पनि जिल्लाका अधिकांश ठाउँमा पनि आलु खेतीको थालनी भइरहेको ज्ञानकेन्द्रका गेनालाल मण्डलले जानकारी दिए ।रासस




प्रतिक्रिया