म्यानचेष्टर युनाइटेडको पुछारको टोली वार्टफोडसँग हार


इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडको खराब प्रदर्शनले फेरि निरन्तरता पाएको छ । उसले पुछारको टोली वार्डफोर्डसँग २-० को लज्जास्पद हार व्यहोरेको छ ।

युनाइटेडको हारमा गोलकिपर डेभिड डे जियाको गल्ती कारण भयो । उनले सजिलै नियन्त्रणमा लिन सकिने बल फुत्काउँदा वार्डफोर्डले अग्रता लिएको थियो । दोस्रो गोल पेनाल्टीमार्फत् भएको थियो ।

यो सिजनमा वार्डफोर्डको यो दोस्रो जीत हो । १२ अंकका साथ उक्त क्लब अझै पुछारमा छ । वार्डफोर्डले केही महत्वपूर्ण मौका चुकाउँदा थप गोल गर्न सकेन ।

युनाइटेडका खेलाडीहरुको एकपछि अर्को प्रहार वार्डफोर्डका गोलकिपरले बजाएका थिए । यो जितसँगै युनाइटेड प्रशिक्षकमाथि दबाब बढेको छ ।