फुटबल चलिरहेको थियो । खेलाडीहरु जोसका साथ खेलिरहेका थिए । यत्तिकैमा माहुरीको गोलो मैदानमा छिर्यो । खेलाडीमाथि आक्रमण गर्न थाल्यो । खेलाडीहरु माहुरीले टोकेर कोही भाग्न थाले त कोही घोप्टो परेर सुते ।
यो घटना तान्जानियाको हो । दारे स सलामको उहुरु स्टेडियममा योङ अफ्रिकन्स र इरिन्गा युनाइटेडबीच सोमबार खेल चलिरहँदा घटना भएको हो । खेलमा योङ अफ्रिकन्सले तीन गोल गरिसक्दा खेलको ५२ औं मिनेटमा माहुरीको आक्रमण भएको थियो ।
माहुरीको गोलोको आक्रमणका क्रममा दर्शक समेत भागेका थिए । रेफ्री समेत भागे । खेलाडीहरुमध्ये कतिपयलाई माहुरीले टोक्यो । एक अर्काको खील झिक्न खेलाडी व्यस्त भए । खेल केही समय रोकिएपनि पुनः सुचारु भयो ।
https://www.youtube.com/watch?v=tuqRm92AoE0
–एजेन्सी




प्रतिक्रिया