भारतीय गाडी लैजान रोक


खरा, पुस ८ । पाहुना बोकेर भित्रिएका भारतीय सार्वजनिक सवारीलाई पोखरा क्षेत्रभित्रका पर्यटकीय गन्तव्यसम्म दृष्यावलोकन गर्नेगरी आउजाउ गर्न रोक लगाइएको छ। भारतीय निजी सवारीलाई भने चाहेका गन्तव्यसम्म आउजाउ गर्न अवरोध नरहेको स्थानीय प्रशासनले जनाएको छ।

पर्यटक बोकेर भित्रिएका भारतीय सार्वजनिक सवारी सबै गन्तव्यसम्म पुग्दा सडक साँघुरो भएको, ट्राफिक जाम बढेको, दुर्घटना थपिएको साथै महत्वपूर्ण गन्तव्य घुम्नै नपाई पर्यटक फर्किने गरेको पर्यटन व्यवसायीको भनाइ छ। पर्यटक बोकेर आएका ती भारतीय सार्वजनिक सवारीले गाइडबिना दृष्यावलोकन गराउने भएकाले पाहुनाले सबै गन्तव्य घुम्नसमेत नपाएको व्यवसायीले बताए।

सवारी चालकको भरमा महत्वपूर्ण गन्तव्यमा नपु(याइ एकाध ठाउँमात्र घुमाएर पाहुना फर्काउने गरिएको व्यवसायीको भनाइ छ। नेपाल पर्यटक यातायात व्यवसायी संघ ९एनटिभिए०का अध्यक्ष बोबरजंग गुरुङले पोखरा भित्रिएका भारतीय सवारी व्यवस्थापन गर्न जरुरी रहेको बताए। ‘भारतीय निजी सवारी नेपाल भित्रिएपछि जुनसुकै ठाउँमा आउजाउ गर्न पाउँछन्, निजी सवारीमा घुम्न रोक छैन,’ उनले भने, ‘तर, भारतीय पाहुना बोकेर भित्रिएका भारतीय सार्वजनिक सवारीले पाहुनालाई होटलसम्म ल्याउन र लैजान पाउनेछन्।’ स्थानीय गन्तव्यमा दृष्यावलोकनका लागि ती भारतीय सार्वजनिक सवारीलाई प्रयोग गर्न नपाइने उनले बताए।नागरिक दैनिकबाट