गर्भवती महिलाको लागि स्वस्थ आहार


तपाई के खानुहुन्छ र खानेको मात्रा कति छ यसले तपाईको गर्भाधान क्षमतामा असर पार्न सक्छ । यो असर राम्रो वा नराम्रो दुवै हुन सक्छ ।

गर्भाधानको लागि तपाईको तौल सहि हुनु सबैभन्दा आवश्यक छ । साथमा पौष्टिक वा सन्तुलित आहारले पोषक तत्व बढाउनमा सहयोग गर्दछ ताकी गर्भावस्थाको राम्रो शुरुवात हुन सकोस् ।

स्वस्थ आहार वास्तवमा के हो

भोजन र प्रजनन क्षमता एक अर्कामा सम्बन्धित छन् र यो पुरुष र महिलामा दुवैमा लागु हुन्छ । यदि तपाई वा पतिले स्वस्थ सन्तुलित आहार लिएमा गर्भाधान र एक स्वस्थ शिशु जन्मनेको संभावना बढ्छ ।

सामान्य शब्दमा स्वस्थ आहारको अर्थ विभिन्न तरहको आहारको सन्तुलित सेवन हो ।

एक दिनमा पाँच ताजा फलफुलको सेवन गर्ने

स्टार्चयुक्त खाद्य पद्धार्थ सेवन गर्ने–सम्भव भएसम्म सबै प्रकारका अन्नहरुको सेवन गर्नु पर्छ जसमा फाइबर प्रशस्त हुन्छ । बै्रड, प्रोटीन र भात, गहुँको रोटी आदी ।

प्रोटीन युक्त खानेकुराः बोसो कम भएका मासु, माछा, अण्डा, सिमी, मुगको दाल, अंकुरित मुग, चना, राजमा आदीको सेवन गर्ने

एक हप्तामा माछाको सेवन दुईपटक गर्ने

डेरी उत्पादक तत्वहरुको सेवन गर्नाले क्याल्सियमको मात्रा बढाउछ । दुध, दही, चीजको दैनिक सेवन गर्नुपर्छ ।

आइरन युक्त खानाहरु जस्तै मासु, दाल, नट्स, रोटी, हरियो तरकारी र बिहानको खाजाले गर्भावस्थामा प्रशस्त मात्रामा आवश्यक आइरन दिन्छ ।

आइरनको मात्रा भरपुर भएको खानामा भिटामिन सि सँग पेय पद्धार्थ लिने गर्नुहोस् । खानाको साथमा कागती पानी, सुन्तला, अमलाको रस लिन सक्नुहुन्छ । यसले शरीरमा आइरन लिनलाई मद्दत गर्दछ ।

स्वस्थ आहार गर्भावस्था हुनु भन्दा पहिला र गर्भावस्थामा पनि आवश्यक हुन्छ ।