अमेरिकी गायक जोए डिफीको निधन


न्युयोर्क, १७ चैत । कोरोना भाइरस संक्रमणका कारण अमेरिकी गायक जोए डिफीको निधन भएको जनाएको छ ।

कोरोना भाइरसको परीक्षणमा पोजिटिभ रिपोर्ट भेटिए पछि शुक्रबार डिफीले आफूलाई कोरोना भाइरस संक्रमत भएको जानकारी दिएका थिए ।

कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो गायक भएको उल्लेख गरेको छ । कोरोनाका कारण नासभिल्लास्थित उनको मृत्यु भएको सार्वजनिक गरेका छन् । (एजेन्सी)