आफन्तबाट टाढा राख्नेः सामाजिक सञ्जालको असर सकारात्मक र नकरात्मक दुवै हुनसक्छ । मानिसहरुलाई आफ्नो देश वा परिवारबाट टाढा भएकालाई नजिक बनाउछ भने परिवार भित्रै भएकालाई टाढा बनाउछ । एउटा घरका ५ जना सदस्यहरु आफ्नो मोवाइलमा झुन्डिएको देखिन्छ । प्रविधिको प्रयोग गरेपनि केही चिजको भने अति नै गरेको हन्छ । यसको अत्यधिक प्रयोगले व्यक्तिलाई एक्लोपनको कारण बन्न सक्छ । यस्तो व्यक्ति समाजबाट टाढा हुन्छ ।
असरहरु
लाइमलाइटमा बस्नेको दबाबः मानिसहरु कुनै नयाँ उपलब्धि गरेपछि प्रेशरमा आउँदा महंगोमा पर्न सक्छ । सामाजिक सञ्जालमा देखाउनको लागि महिलाहरुले महंगो पहिरन, मेकअप गर्दा अफ्ठेरो पर्छ । भर्चुअल जीवनमा कुनै उपलब्धि प्राप्त गर्नको लागि धेरै जतन गर्नुपर्छ जसले मानसिक स्वास्थ्यमा असर पर्छ ।
अर्कामा निर्भर हुनेः आफुलाई केही समस्या भएमा कसैसँग भनिहाल्छौ र समस्या सुल्झाइहाल्छौ । सामाजिक सञ्जालमा आफ्नो सुख दुख बाड्नाले अन्जान व्यक्तिमाथी निर्भर बढ्न सक्छ । यसरी अन्जान व्यक्ति सहि नभएमा भोका भई मानसिक स्वास्थ्य प्रभावित हुन्छ । सामाजिक सञ्जालको धेरै लगावले तपाइँलाई समाजबाट नै एक्लो बनाउन सक्छ । यसको उपयोग कम गर्नु राम्रो हुन्छ ।
डिप्रशन र चिन्ताः मानसिक रुपमा स्वस्थ रहनको लागि आफन्तको आवश्यकता पर्छ । अथवा घरको कसैलाई समस्या आएमा परिवारको सबै मिलेर समाधान गर्न सकिन्छ । तर घरमा कुरा सेयर नगरेमा सामाजिक सञ्जालमा राख्दा डिप्रेशनको सिकार हुनसक्छ । यस्तो गर्दा तपाइँले मुड डिर्सअर्डरका् सामना गर्नुपर्छ । निजी जीवनको कुरा सञ्जालमा सेयर गर्नुहुँदैन सामाजिक सञ्जालको असर धेरै नराम्रो हुन्छ ।
धेरै समय सामाजिक सञ्जालमा बिताउदा मानसिक स्वास्थ्य खराब हुनसक्छ ।




प्रतिक्रिया