काठमाडौं, बैशाख ३ । संसद्को शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको स्वास्थ्य सामग्री यथाशीघ्र खरिद गर्न सरकारलाई आग्रह गरेको छ । कोरोना भाइरसको ल्याब टेस्ट तीव्रतापूर्वक अघि बढाउन सरकारलाई अनुरोध गरेको छ । कोरोना भाइरससँग सम्बन्धित सामग्री गुणस्तरीय हुनुपर्ने भन्दै समिति सभापति जयपुरी घर्तीले परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘परीक्षण तीव्र बनाउनुपर्छ । हामीले सरकारलाई तत्काल परीक्षणको दायरा बढाउन र स्वास्थ्य सामग्री खरिद गरी छिटो वितरण गर्न आग्रह गरेका छौं ।’ कोरोना भाइरसको त्रासमा रहेकाहरूलाई मनोपरामर्शको व्यवस्था गर्न सरकारलाई संसदीय समितिले अनुरोध गरेको छ ।
चिकित्सक स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालकलगायत प्रत्यक्ष उपचारमा खटिने व्यक्तिलाई सुरक्षा सामग्री व्यवस्था गर्न समितिले सरकारलाई निर्देशन दिएको छ । राजधानी दैनिकबाट




प्रतिक्रिया