स्थानीय तहलाइ साढे १३ करोड अनुदान


बुटवल, बैशाख ४ । प्रदेश नम्बर ५ मा कोरोनाको प्रतिरक्षा तथा राहतकालागि प्रदेश सरकारले स्थानीय तहलाइ साढे साढे १३ करोड अनुदान दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले १ सय ९ वटा स्थानीय तह र १२ जिल्लाका समन्वय समितिलाई १३ करोड ६० लाख अनुदान दिने निर्णय गरेको हो। अनुदान पाउनेमा ४ वटा उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका छन्।

नेपालगन्ज उपनगरपालिकालाई २५ लाख,बुटवल,तुलसीपुर र घोराई उपमहानगरपालिकालाई २०÷२० लाख रुपैयाँ दिने निर्णय भएको छ। सिद्धार्थनगर नगरपालिकाले पनि २० लाख पाउनेछ। बाँकी ३१ वटा नगरपालिकालाइ १५÷१५ लाख र ७३ गाउँपालिकालाई १०÷१० लाख अनुदान दिने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

प्रदेश सरकारले स्थानीय तहहरुमा कोरोनाको जोखिम, आगन्तुक तथा विपन्न मजदुरको चापलाइ हेरेर अनुदान दिने निर्णय गरेको हो। जिल्ला समन्वय समितिहरुलाई ५ लाखका दरले अनुदान दिइनेछ। कोरोना विशेष अनुदान रकम खर्च गर्न सरकारले मापदण्ड पनि तोकेको छ। स्थानीय तहहरुले सो अनुदान कोरोना नियन्त्रण तथा राहतसम्बन्धी कोषमा जम्मा गरी मापदण्डका आधारमा खर्च गर्नुपर्ने आजको नागरिक दैनिकमा खवर छ ।