रौतहट, ४ वैशाख । डिउटीमा खटिएको प्रहरीलाई गालीगलौज तथा हातपात गरेको अभियोगमा ४ जनालाई बुधबार दिउँसो प्रहरीले प्रक्राउ गरेको छ । गौर नगरपालिका विपिचोकमा डिउटीमा खटिएको प्रहरीलाई गालिगलौज, हातपात तथा ढुंङगा प्रहार गरेको अभियोगमा ४ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रौतहट गौर नगरपालिकाका राहुल कुमार यादव, राजिव यादव, अभिषेक यादव र विवेक यादव रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट डिउटीमा खटिएको प्रहरीले लकडाउन उल्लंघन गरी बाटोमा हिँडिरहेका मानिसहरूलाई सम्झाई बुझाई गरी आफ्नो घर फर्काउने क्रममा उनीहरुले उल्टै प्रहरीमाथि नै गालिगलौज, हातपात तथा ढुङ्गा प्रहार गरे पश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । ढुङ्गा प्रहारबाट घाइते भएका एक जना प्रहरी कर्माचारीलाई उपचारको लागि जिल्ला अस्पताल गौर पठाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया