काठमाडौं, ११ बैशाख । हिजो (बुधबार) मध्यरातमा एकता भएको जनता समाजवादी पार्टी, नेपाल भएको पार्टी निर्वाचन आयोगमा दर्ता गर्न नेताहरु आयोगको कार्यालयमा पुगेका छन्। नयाँ दल दर्ताको लागि जनता समाजवादी पार्टी दर्ताका लागि उपेन्द्र यादव, राजेन्द्र महतो, डा. शिवजी यादव, राजेन्द्र श्रेष्ठ, शरदसिंह भण्डारी, केशब झालगायत नेताहरू आयोगको कार्यालयमा पुगेका हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए । उनीहरूले नयाँ पार्टी दर्ताको निवेदन दिइसकेका छन्।


तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम




प्रतिक्रिया