‘ओलीका विश्वासपात्र दाबी’ गर्ने पाठकले ‘प्रचण्डको पेटमा २० हजार मानव कंकाल रहेको’ लेखेपछि…


काठमाडौं, १८ वैशाख । पत्रकार दिपक पाठक पक्राउलाई नेपाल कम्युनिस्ट पार्टीभित्र आरोप प्रत्यारोपसँग जोडेर हेरिएको छ । आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीको खास मान्छे दाबी गर्ने उनले केही समययता नेकपा अध्यक्ष प्रचण्डविरुद्ध सामाजिक सञ्जालमा लेख्दै आएका थिए ।

तीन हप्ता अघि पाठकले प्रचण्डलाई ‘अपराध दुनियाँका देवता’ भन्दै लेखेका थिए । ‘नक्कली लडाकुको नाममा पैसा खाने देखि चेक लुट्ने ‘सम्मको आपराधिक कार्य गरेको आरोप लगाएका थिए ।

उनले लगातार प्रचण्डविरुद्ध पोष्ट गर्ने क्रममा ‘क्रान्तिका नाममा जनताको रगत र शान्तिका नाममा आफ्नो आत्मा बेचेर धन जोड र राजनीतिलाई ठगीको विद्यामा अनुवाद गरेर महान बन्ने’ विचारका प्रतिवादक भनी लेखे । उनले ‘प्रचण्डको पेटमा अहिले २० हजार मानव कंकाल’ रहेको समेत लेखेका थिए ।

दीपक पाठकले के के लेखे:

‘प्रचण्ड त्यस्तो चारित्रिक पात्र हो, जसको विश्वासघातलाई दुनियाँको कुनै पनि घटनासँग तुलना गर्न सँकिदैन । उनका पेटमा अहिले २० हजार मानव कंकाल छन् । ती कंकालका मुक्तिका लागि भनी निलिएको थियो । जसले सिंगो देश र उत्पीडित वर्ग समुदाको स्वतन्त्रताको लागी आफ्ना सन्ततीहरु प्रचण्डको बलिवेदीमा चढाउन मन्जुर गरेका थिए, ती नेपालीहरु आज उनको बन्धक बनेका छन् भने उनी चाहिँ “नयाँ नेपाल” का ऐयासी शासक’

‘प्रचण्ड नेपालको अपराध दुनियाँका देवता बनेका छन् । समाजको आज जुन स्तरमा अपराधीकरण भएको छ, यो उनकै देन हो । उनले क्रान्तिका नाममा राजनीतिको अपराधीकरणलाई उत्कर्षमा पु¥याए । पैसाका लागि शैक्षिक, औद्योगिक, व्यापारिक प्रतिष्ठानहरुलाई अपराधी र गुण्डाहरुको थलोको रुपमा परिणत गर्ने श्रेय पनि उनैलाई जान्छ । युद्ध वा शान्तिका नाममा लुटेको पैसालाई सेतो बनाउन देशको कृषियोग्य जमिनको माफियाकरण गरेर चौपट बनाउने सिद्धान्तका प्रणेता पनि उनै हुन् । नेपालमा अपवादका रुपमा सुनिने गरेको चन्दन तस्करीले उनकै शासनकालमा विश्व हल्लायो । नक्कली लडाकुको नाममा पैसा खान देखी सक्कली लडाकुलाई पिटेर उनीहरुको चेक लुट्ने सम्मका अपराधमा लम्पट भएका पात्र हुन् यँहाका पेटपाला विद्वानहरुका “राजनेता” ।’

‘अमेरिका विल गेटस आफ्नो लगनशीलताले विश्वका एक नम्बर धनी भएको भनिन्छ । नेपालका प्रचण्डले चाँही “किल गेट्स”(मारेर हत्याउ) को सिद्धान्त बोकेर एशियाकै धनी बनेका छन् । उनको अकुत सम्पत्तिमा न त एक सुको लगानी परेको छ, न एक मिनेटको श्रम । क्रान्तिका नाममा जनताको रगत र शान्तिको नाममा आफ्नो आत्मा बेचेर धन जोड र राजनीतिलाई ठगीको विद्यामा अनुवाद गरेर महान् बन भन्ने विचार नै प्रचण्डपथ हो ।’

‘म जस्ता धेरैले समर्थन गरेका पार्टीमा परिस्थिती जन्य कारणले कार्यकारी अध्यक्षको हैसियतमा पुगेका अत्यन्त महत्वकांक्षी मनुवाको यो स्तरको बुद्दिलाइ मैले भने आश्चर्यको रुपमा लिएको छैन । बरु मैले यतिबेला रोमन सम्राट निरोलाई सम्झी रहेको छु जो सुन्दर शहर रोम जलाएर आफू बार्दलीमा बसेर बासुरी बजाउथे ।’

Skip This

Omoda E5 Pro