सचिना बाँनियाः ऋषि कपुर भारतको प्रतिष्ठित कपुर परिवारका सदस्य हुन् । भारतीय सिनेजगतका बादशाह पृथ्वीराज कपुरका नाति तथा राज कपुरका माहिला छोरा हुन् ऋषि ।
उनको चार पुस्तानै चलचित्र क्षेत्रमा प्रभाव जमाएर बसेको छ । कपुर परिवार भारतको चलचित्र क्षेत्रमा नायक नायिका जन्माउनेमा पर्छ । ऋषि कपुरका छोरा रणवीर कपुर बलिउड स्टार हुन् । उनका काकाहरु शशि कपुर र समि कपुर पनि बलिउड नायक थिए ।
४ सेप्टेम्बर सन् १९५२ मा पञ्जाबी परिवारमा मुम्बईमा जन्मिएका ऋषि कपुरको ३० अप्रिल सन् २०२० मा निधन भएको छ । ६७ वर्षमा बोनम्यारोको क्यान्सनका कारण उनको निधन भएको थियो । उनी जीवनको अन्तिम समयसम्म नै चलचित्र क्षेत्रमा सक्रिय थिए ।
२२ जनवरी सन् १९८० मा ऋषि कपुरले बलिउड नायिका नितु सिंहसँग विवाह गरेका थिए । उनीहरुबाट एक छोरा र छोरीको जन्म भएको थियो । १५ सेप्टेम्बर सन् १९८० मा रिदिमा कपुर सहनीको जन्म भएको थियो । रणवीर कपुरको २८ सेम्टेम्बर सन् १९८२ मा जन्म भएको थियो ।
ऋषि कपुरको पहिलो चलचित्र बबी सुपरहिट भएको थियो । उक्त फिल्मकी नायिका डिम्पल कापडियाले सुपरस्टार राजेश खन्नासँग विवाह गरेकाले पनि निकै असर पारेको थियो । १६ वर्षीया डिम्पलले ३२ वर्षीय राजेश खन्नासँग विवाह गरेकी थिइन् । बबी फिल्म चल्दै गर्दा ऋषि कपुर र डिम्पलबीच प्रेम सम्बन्ध भएको चर्चा नै चल्यो । पछि डिम्पलले आफूले ऋषि कपुरलाई मन पराएको स्वीकारेकी थिइन् ।
बाल्यकालमै ऋषि कपुरले मेरे नाम जोकरमा अभिनय गरेर उत्कृष्ट बाल कलाकारको अवार्ड प्राप्त गरेका थिए । बबीमा उनले उत्कृष्ट कलाकारको अवार्ड जितेका थिए । दर्जनौं अवार्ड पाएका ऋषि कपुर विवादबाट भने मुक्त भएनन् । उनले आफूलाई गाईको मासु खाने हिन्दु भनेपछि विवादमा परेका थिए ।
ऋषि कपुरको पुस्तक खुलम खुल्लाले भारतीय चलचित्र क्षेत्रका पर्दाभित्रबा तथ्यहरु बाहिर ल्याएको थियो । उनी आफै निकै खुलस्त थिए । पिता राज कपुरको रोमान्सका धेरै तथ्य बाहिर ल्याए । बलिउड नायिका नुतन सिंहसँगको रोमान्स पनि खुलाए ।
राज कपुर विवाहित भएपनि धेरै नायिकासँग प्रेममा परे । उनको पुणेस्थित फार्म रोमान्सको उदाहरण हो जहाँ राज कपुरको सम्बन्ध भएकाको समेत तस्बिरहरु राखिएका छन् । नर्गिससँगको प्रेमबारे ऋषि कपुरले खुलाएका छन् । नर्सिग सञ्जय दत्तकी आमा हुन् । वैजन्तीमालासँगको रोमान्सबारे पनि खुलाएका छन् ।
डिम्पलसँगको रोमान्सबारे पनि उल्लेख गरका छन् । यसमिन मेहतालाई अत्याधिक चाहेको कपुरले पुस्तकमा उल्लेख गरेका छन् । यसमिन ऋषि कपुरकी पहिलो प्रेमिका हुन् । यसमिनले ऋषि कपुरलाई औंठी दिएकी थिइन् । जुन अत्याधिक मन परेपछि डिम्पलले लगाइन् । तर, राजेश खन्नाले डिम्पलसँग प्रेम सम्बन्ध हुँदा उक्त औंठी देखेपछि निकालेर समुन्द्रमा फँयाकिदिएका थिए । उनले डिम्पलसँग कहिले प्रेममा नपरेको दाबी गरेका छन् ।- एजेन्सीको सहयोगमा Photo Source: Agency




प्रतिक्रिया