२५६४औ बुद्ध जयन्ती-जागरूकताको अर्को नाम बुद्ध !


ईमान सिंह बटाला : आज भन्दा २५६४ बर्ष पहिले हाल नेपालको (लुम्बिनी ) त्यतिवोलको शाक्य गणराज्य राज खानदानमा पिता शुद्धोधन र माता मायादेवीको कोखबाट गौतम बुद्धको जन्म भएको थियो । राज खानदानमा राजाको पहिलो सन्तानको रुपमा जन्म भएका सिद्धार्थ गौतम स्वभाविक रूपमा राजपाठ सम्हाल्ने र राजा हुने अड्कल सबैमा थियो । जब सिद्धार्थ गौतम यी सब सुखसयल राजपाठसंगै दरवार त्यागेर सत्यको खोजीमा हिँडे त्यसपछि सुरु हुन्छ उनको नयाँ जीवन र जीवन प्रणालीको चर्चा ! बिबाहित एक सन्तानका पिता सिद्धार्थ गौतम जब दरवार र परिवार पुरै त्याग गरेर हिँडे त्यसबेला उनलाइ कसैले कायरको संज्ञा दिए त कसैले उनलाई राजपाठ सम्हाल्न नसक्ने डरपोक भगौडाको संज्ञा दिए । जे होस सिद्धार्थ गौतमबाट बुद्ध हुने चरण यहीँनिर शुरु हुन्छ । आज हामीले मनाउने बुद्ध जयन्ती, हामीले मान्ने भगवान, हाम्रो आदर्श, हाम्रो प्रेरणा हाम्रो जीवन पद्धति, बिद्रोहको स्रोत संगै शान्ति र सत्यको मार्ग, पथप्रदर्शक, एक महामानब उनैको जन्म जयन्तीमा उनैले हामीलाइ छोडेका अमर र अजर शिक्षाको बारेमा मेरो विवेकले भ्याएसंगै दृष्टिले देखेको उनै सिद्धार्थ गौतम बुद्धलाइ समर्पण गर्दै बुद्धम शरणम रही लेख्ने प्रयास गर्ने छु ।

गौतम बुद्ध एक यस्ता महामानव वा (भगवान)हुन जुन एक अटल अमर हिमालझै आफ्नै स्वच्छन्दताले भरिपुर्ण सास्वत सत्य ! पहाड र ढिस्काहरु धेरै हुन्छन् तर जुन अटल हिमाल स्वच्छ र कन्चन शीर ठाडो गरेर उभिएको छ हो त्यही शिखरको तुलनानै छैन ! शिखर शिखर हो केवल शिखर ! गौतम बुद्ध केवल बुद्ध हुन । न कुनै तुलना न कुनै दाजो अमर अनि अजर ! पुरै मानब जातीको इतिहासमा सायद कुनै अर्को नाम छैन होला जति बुद्धले मानव जातीको अन्तर आत्मालाइ उद्देलित गरे । सायद योपनि नहोला जति तथाकथित बुद्धिजीवीहरुले गौतम बुद्धलाइ सताएको होस ! मानवले मस्तिष्कको विकास गरेका छन् तर बुद्धले हृदयको विकासमा जोड दिएका छन् । मस्तिष्कमा बुद्दी हुन्छ । हृदयमा विवेक । हो त्यही विवेकतिरको ईशारा नै बुद्ध मार्ग हो । बुद्धको धर्म बुद्धिमा हैन हृदयको विवेकसंगै अन्तरआत्मा जगाउनु हो ।आज भन्दा २५६४ वर्ष पहिले जुन कुरा बुद्धले बोले आजपनि त्यो सार्थक छ, आउने हजारौ बर्षमा पनि सार्थक हुनेछ।
बुद्ध धर्मका पहिला बैज्ञानिक हुन उनले उपदेश शास्त्रबाट हैन समझबाट र बिश्लेषणबाट दिएका छन्। बुद्ध अझ अगाडि भन्छन्–जुन कुरा म भन्छु त्यो कहिल्यै नमान । पहिले खोज । जान बिश्लेषण गÞर । जब सम्पूर्ण कुरा जान्छौं । त्यसपछि मान्ने कुराको जरुरत नै पर्दैन ! विना जानेर मानेको धर्म होस वा अरु कुनै चिज झुट शिवाय अरु हुनै सक्दैन ! दुनियाँमा जति पनि धर्म छन्, तिनीहरुले पहिले अपनाउने मान्ने कुरा गर्दछन् तर बुद्ध चाहि जान्ने कुरामा जोड दिन्छन् । जब कुनै कुरा जानिन्छ मान्नुपर्ने आवश्यकत्ता रहदैन । त्यो जीवन पद्धतिमा रुपान्तरण भईहाल्छ । जुन कुरा अनुभवबिना अबलम्वन गरिन्छ त्यो अन्धविश्वास हो । अध्याँरोको डरले उज्यालोको खोजी गर्नु मुर्खता हो । स्वयम दिप जलाउ । अध्याँरो आफैं भाग्छ । बुद्ध स्पष्ट रुपमा भन्छन् सहारा भगवनको हैन अनुभवको र अन्तर हृदयको लिन सुझाउन्छन् । डरले र लोभले अवलम्बन गरेको आस्था के आस्था यो ईस्वरीय बिरोधी कुरा हो । ईस्वर हृदयमा छ । अन्तर आत्मामा छ । नकी कुनै शास्त्र, किताब, वा घरमा यो फजुलको बेईमानी हो । बुद्धले कुनै पनि ठाउँमा इश्वरीय कुरा बोलेनन् तर बुद्ध नास्तिक पनि थिएनन् । जुन मानिस आफुलाईनास्तिक भन्छ उही मानिस आस्तिक हुन्छ । यो बुद्धको एक जीवन शिक्षा हो ।

बुद्ध धर्म शुन्यबादी धर्म हो तर शुन्य अन्त्य होइन ! हो त्यही शुन्यबाट बुद्ध धर्म शुरु हुन्छ । बुद्ध मार्ग एउटा पर्वत मार्ग हो । जति हामी उकालो चढ्दै जान्छौ, त्यति माथि माथि देखिँदै जान्छ ।

बुद्धका सात अमृत वचन यस्ता छन् !

१. जसरी हजारौ दियोलाई एउटा दियोले आफ्नो प्रकाश कम नै नगरि प्रकाश बाँड्न सक्छ , खुसी पनि त्यसैगरी नै बाड्न सकिन्छ त्यो कम हँुदैन ।
२. मानिसभित्र नै शान्तिको बास हुन्छ, त्यसलाइ बाहिर नखोज ।
३. खुसिको कुनै बाटोनै छैन, खुसी हुनुनै बाटो हो ।
४. चतुर्याईपुर्वक बाँच्ने मानिसलाई मृत्युसंग पनि डराउन जरुरी हुदैन।
५. अतिततिर ध्यान केन्द्रित नगर । भविष्यको पनि सपना नदेख वर्तमानमा ध्यान केन्द्रित गर ।
६. मानिसको मस्तिष्क नै सबथोक हो । उसको मस्तिष्कले जे सोच्छ उ त्यही बन्छ।
७. पाइतलाले त्यतिबेला मात्र पाइतलाको महसुस गर्छ जतिखेर उसले जमिन छोएको हुन्छ।

साँच्चिकै यी वचनहरु जीवन्त र अमर छन् । यसैबाट हामी अनुभब गर्न सक्छौ गौतम बुद्ध कति महान र बैज्ञानीक रहेछन् ।अझ बुद्धलाई यसरी बुदादत रुपमा सहज रुपले सरलीकरण गर्न सकिन्छ ।

Skip This

Omoda E5 Pro