२ जेठ : भारतका केन्द्रीय वित्त मन्त्री निर्मला सितारमणले कृषि क्षेत्रको संरचना निर्माणका लागि एक लाख करोडको प्याकेज घोषणा गर्नुभएको छ ।
उहाँले त्यो सवै रकम रहने गरी एउटा कोष तत्कालै स्थापना गरिने जानकारी शुक्रबार दिनुभयो । वित्त मन्त्री सितारमणले कृषिको विकास र कृषकलाई सहयोगका लागि त्यो रकम खर्च गरिने पनि बताउनुभयो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको विश्व्यापी पहुँचसँगै स्थानीयका लागि आवाज भन्ने मान्यताका आधारमा यो कोषको स्थापना गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।कृषि उत्पादनहरुको बजारीकरण, विज्ञापन, प्रचारप्रसार, आधारभूत मापदण्डको परिपालना, नयाँ प्रविधिहरुको प्रयोग लगायतका कामका लागि यो कोषको रकम खर्च गरिने भएको छ ।
सरकारको यस कदमले कृषि क्षेत्रमा रहेको अव्यवस्था, अपारदर्शिता, निर्वाहमुखी प्रवृत्तिको अन्त्य हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।साना कृषि व्यावसायी, सुक्ष्म कृषि प्रणाली, कृषि उत्पादनका संरचना, आफैले आफैलाई सहयोग गर्ने समूह, सहकारीहरुलगायतलाई पनि यसबाट सहयोग गरिने सरकारले जनाएको छ ।
यस कार्यक्रमले कृषि उत्पादन तथा सेवाको गुणस्तरमा बृद्धि हुने, मापदण्डहरु पालना हुने, विचौलियाहरुको हस्तक्षेपकारी भूमिक अन्त्य हुने लगायतका अपेक्षा पनि राखिएको मन्त्री सितारमणको भनाइ छ ।रासस File photo




प्रतिक्रिया